बैशाख २३, २०८१ आईतबार

कविता : हामी

 

रमा भण्डारी

हिजोदेखि आजसम्म हामी आफ्ना हातले उनेका मालाहरु,
समालेका फूलहरु, सङ्गालेका मनहरु लिएर
उभिरहेकाछौँ प्रतीक्षामा,
आधा आकाशको आधा जीवन बाँचेर
पूरा अधिकार उपभोगकालागी उभिरहेछौँ ।

हातमा चियाको किस्ती बोकेर
सिङ्गो घरको एकतिहाई जिम्मेवारी समेट्दै,
पावा भन्दा कम हैसियत बाँची रहेछौँ
आधा धरतीको अलिकति उपयोगमा रमाएर
पूरा जिवनको खोजीमा हिनिरहेछौँ अवनरत यात्रामा ।

सबै–सबै साथीहरुलाई सफल बनाउँदै
सबै सन्ततिहरुलाई अघि लगाउँदै
बर्षौ देखि विजयतिलक सजाउँदै तिम्रा निधारमा
तिम्रा अग्रगामी यात्रामा, सँघार कुरेर संसार भोगेर
संसार हुने आस्था बचाएकाछौँ ।

तिम्रा/हाम्रा किताबले लेखेका धेरै हक पाउनुपर्ने अझै छ
हाम्रा रगतले लेखेका ईतिहासबाट अंश पाईसकेकै छैन
धरती माथिको रहर हाम्रो पक्षमा लेख्न अझैं कठिनाई छन्,
जोगाएर बिसबाट फूल बोक्ने हातहरुले
हाम्रो निम्ति सम्मान सजाउनेछौँ
हाम्रो आधार आकाश र सिङ्गो धरतीमा ।

त्यसैले अझैपनि, आफ्नै हातले उनेका माला लिएर तिम्रो स्वागतमा
आधा आकाशको आधा जीवन जिएर
पूरा जीवन अधिकार प्राप्तिका लागि उभिरहेछौँ ।
(लेखक नेकपा एमालेकी झापा जिल्ला कमिटी सदस्य हुन् ।)

प्रकाशित मिति : भाद्र २, २०८० शनिबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]