बैशाख २३, २०८१ आईतबार

अस्थिर मतदाताको अदलवदल

सम्पादकीय

रास्वपाले निर्वाचनपछि पूर्वका जिल्लाहरुलाई केन्द्र बनाएर राजनीतिक गतिविधि गरिहरेको छ । विभिन्न भेला गर्दै शक्ति प्रदर्शन गरिरहेको रास्वपा नयाँ दल हो । कुनै योगदान गरेर आएको पार्टी होइन । ठुलो त्याग र बलिदानीबाट पनि आएको पार्टी होइन । तर, रास्वपामा नयाँ हुँदै देखिएको भीडभाडले पुराना दलहरु प्रति नागरिकको निराशा बढेको आँकलन गर्न सकिन्छ । पत्रकारिता जीवनमा रवि लामिछानेले गरेका केहि राम्रा कामका कारण पार्टी उनी आफै एउटा ब्राण्डको रुपमा स्थापित छन् । रास्वपामा रवि बाहेकको कुनै अर्को ब्राण्ड छैन ।

पुराना राजनीतिक दलहरुमा आम नागरिकले भरोसा गर्न छोडेको भन्ने चर्चा पनि सुरु भएको छ । यसरी हेर्दा गएको निर्वाचनमा पुरानो दल नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको थियो । मतको अध्ययन गर्ने हो भने त्यस्तो पनि देखिदैन । तर, नयाँ दलको रुपमा उदय भएको रास्वपामा सामान्य भीडभाड बढेकै देखिन्छ । रवि लामिछानेको क्रेजले देखिएको भीड भनेको अस्थिर मतादाको भीड पनि हो । जो जहिल्यै निर्वाचनमा दलहरुको जाँच गरिरहन्छन् । उनीहरु एउटै दलहरुमा बस्दैनन् । केहि निश्चित मान्छेहरु रास्वपामा आवद्ध भए पनि धेरै जसो ०६४ मा माओवादीलाई जाँचेजस्तो जाँच्न जोडिएका छन् ।

राजनीतिक चेतना भएकाहरु चारतिर दौडिदैनन् । किनभने, राजनीतिक चेतना भएकाहरु एक ठाउँमा बसेर सुधारका लागि प्रयास गरिरहन्छन् । पानीले ढुङ्गा काट्छ भन्ने उक्ति सबैले सुनेकै हो । यसैले गन्तव्य बनाएर मात्रै अघि बढ्नु उपयुक्त हुन्छ । एमालेमा टिकट नपाएका, कांग्रेसले टिकट नदिएकाहरु रास्वपाबाट मेयर, उपमेयर बन्ने भन्दै पार्टी छोडेर लागेको कयौं उदाहरणहरु छन् । जुन, आगामी निर्वाचनमा खुल्ने नै छ । यसैले देशलाई सधै अस्थिर बनाउने भनेको अस्थिर मतदाता हुन् । उनीहरुको भीड सधै एकै ठाउँमा हुदैन । राजनीतिक चेतनाको विकास गरेर रास्वपामा रहेपछि फेरि अर्कोतिर लाग्नु पनि हुदैन । सबै दलहरुमा रहनेहरुले राजनीतिक चेतनाको विकास गरेर अडिक रहदै आफैभित्रको खरावीहरु सुधार गर्न सके समाज, देश सुधार हुदै जानेछ ।

प्रकाशित मिति : भाद्र २, २०८० शनिबार  ३ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]