बैशाख २५, २०८१ मंगलबार

तीन वर्षमा एक सय बढि सवारी साधन हराए

बिर्तामोड । झापामा पछिल्लो तीन वर्षमा एक सय बढि सवारी साधन हराएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार झापामा पछिल्लो तीन वर्षमा एक सय दुई वटा सवारी साधन हराएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार झापामा सवारी साधन हराउने वा चोरी हुने घटना क्रमिक रुपले घट्दै गएको छ । झापामा पछिल्लो तीन वर्षमा एक सय दुई वटा सवारी साधनहरु हराएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । जस मध्ये प्रहरीले ८३ वटा सवारी साधन मात्र फेदा पार्न सफल भएको छ भने १९ वटा सवारी साधनहरु फेला परेका छैनन् ।

झापा जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला भर ४१ वटा सवारी साधन हराएको थियो । जसमध्ये ३३ वटा सवारी साधन प्रहरीले फेला पार्न सफल भएके थियो भने आठ वटा प्रहरीले फेला पार्न नसकेको देखिन्छ । फेला परेको ३३ वटा सवारी साधनको मुद्दा दर्ता गरी अनुसन्धानका क्रममा ३५ जनालाई झापा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।

यसैगरी आ.व २०७८/०७९ को तथ्यांकमा जिल्लामा ३६ वटा सवारी साधन हराएको थियो । जसमध्ये ३० वटा सवारी साधन प्रहरीले फेला पार्न सफल भएके थियो भने छ वटा प्रहरीले फेला पार्न नसकेको देखिन्छ । फेला परेको ३० वटा सवारी साधनको मुद्दा दर्ता गरी अनुसन्धानका क्रममा ३९ जनालाई झापा प्रहरीले पक्राउ गरेको प्रवक्ता रिजालले बताए ।

यसैगरी आ.व २०७९/८० तथ्यांकमा जिल्लामा २५ वटा सवारी साधन हराएको थियो । जसमध्ये २० वटा सवारी साधन प्रहरीले फेला पार्न सफल भएके थियो भने पाँच वटा प्रहरीले फेला पार्न नसकेको देखिन्छ । फेला परेको २० वटा सवारी साधनको मुद्दा दर्ता गरी अनुसन्धानका क्रममा २९ जनालाई झापा प्रहरीले पक्राउ गरेको प्रवक्ता रिजालले बताए ।
झापामा वार्षिक हराएको सवारी साधनको तथ्यांक हेर्दा सवारी साधन हराउने क्रम क्रमिक रुपमा कमी भएका छन् । यद्दपि हराएको सवारी नभेटिएको तथ्यांक पनि धेरै भएकाले आम नागरिकमा सवारी साधन हराए भेटिदैन भन्ने मानसिकताले जरो गाडेको पाइएको छ ।

प्रकाशित मिति : भाद्र ३, २०८० आईतबार  १ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]