बैशाख २५, २०८१ मंगलबार

अस्मिता बनिन् कक्षा १२ मा झापा जिल्ला टप

कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित कचनकवल विद्या मन्दिर माविकी छात्रा अस्मिता देवान झापा जिल्ला टप गरेकी छिन् ।

राष्ट्रिय परीक्षा बोर्डले भर्खरै सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा कचनकवल विद्या मन्दिरकी अस्मिताले व्यवस्थापन सङ्कायमा ३.८२ जीपीए ल्याउँदै जिल्ला टप गरेकी विद्यालयका प्रिन्सिपल खगेन्द्र पाण्डेले जानकारी दिए । अस्मिता २०७८ सालदेखि यस विद्यालयमा व्यवस्थापन लिएर पढ्दै आएकी बताउँदै विद्यालयका प्रिन्सिपल पाण्डेले भने, ’छात्रा अस्मिता पढाइप्रति लगनशील र मेहनती थिइन, त्यसैको नतिजा हो ।’ उत्कृष्ट नतिजापछि निकै खुसी हुँदै जिल्ला प्रथम भएकी अस्मिताले भनिन्, ’निरन्तर मेहनत, समयको सदुपयोग एवम् शिक्षकहरूको मार्गदर्शन नै मलाई सफलता मिल्यो ।’ ’यसप्रति मेरा अभिभावकसहित विद्यालय परिवारलाई पनि धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।

कचनकवल माविबाट कक्षा १२ को परीक्षामा सामेल २८ जनामध्ये ३.२ देखि ३.६ जीपीए ल्याउने १० जना, २.८ देखि ३.२ जीपीए ल्याउने १५ जना र २.४ देखि २.८ जीपीए ल्याउने दुई जनासहित शतप्रतिशत उत्तीर्ण भएको विद्यालयका प्राध्यापक घनश्याम अर्यालले बताए । २०५३ सालमा स्थापित यस विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको कम्प्युटर विभाग प्रमुख बेनुप राजप्रसाईँले बताए ।

छोटो समयमै छुट्टै पहिचान बनाउन सफल कचनकवल माविले २०७७ सालदेखि व्यवस्थापन सङ्कायतर्फ कक्षा ११ र १२ सञ्चालनमा ल्याएको हो । विद्यालयको आफ्नै अत्याधुनिक भवनसहित फराकिलो खेल मैदान रहेको छ ।

प्रकाशित मिति : भाद्र ३, २०८० आईतबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]