बैशाख २६, २०८१ बुधबार

कांग्रेसको टिप्पणी– उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्छ

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले प्रदेशसभा बैठक सञ्चालनका लागि उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहनु अस्वाभाविक रहेको बताएका छन् । उनले उपसभामुखको भूमिकालाई इतिहासले मूल्यांकन गर्ने बताए ।

जारी बैठकमा उनले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्दै भने, ‘उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्छ । आफैंले बोलाएको बैठकमा आफैं उपस्थित नहुनु उपसभामुखको असंसदीय अभ्यास हो ।’

जिम्मेवार राजनीतिक दलकै व्यवहारका कारण संसदीय व्यवस्थाप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको कार्कीले बताए । उनले मुख्यमन्त्री थापालाई विश्वासको मत दिन प्रतिपक्षी एमाले, राप्रपासहितका दलका प्रदेशसभा सदस्यलाई आग्रहसमेत गरे ।

प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]