बैशाख १६, २०८१ आईतबार

सडकको बजेट अन्तै लगेपछि उपभोक्ता आक्रोसित

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुले बाटो कालोपत्रेका लागि वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

शिवसताक्षी नगरपालिका हुँदै चन्द्रडाँगी जोडने वैकल्पिक मार्गको रुपमा रहेको बाटो कालोपत्रे गर्नका लागि उपभोक्ताहरुले वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गलाई ज्ञापन पत्र बुझाएका हुन् । उक्त बाटोका लागि शिवसताक्षी नगरपालिकाबाट वडा गौरवको आयोजनाका लागि विनियोजित २० लाख र नगरपालिकाले ६० लाख बजेट थप गरी कालोपत्रे गर्ने सहमति भएको ज्ञपानपत्रमा उल्लेख छ । तर, वडा कार्यालयले २० लाख बजेट उक्त बाटोको कटाई लालझोडा लगिएको भन्दै स्थानीय उपभोक्ताहरु आक्रोसित बनेका हुन् ।

वडा कार्यालयले आफु खुसी बजेट विनियोजन गर्दा वडा नं. ७ को मुटुमा रहेका बाटो ओझेलमा पारिएको स्थानीय उपभोक्ता गणेश बजगाईंले जानकारी दिए । नगरपालिकाबाट वडालाई आएको सिलिङ्ग बजेट आम उपभोक्तालाई राय सुझाब नमागी ५ जना बसेर विनियोजन गरेको स्थानीय उपभोक्ता अम्बिका अधिकारीको भनाई छ । वडा कार्यालयले के गरिरहेको छ ? हामी उपभोक्ताहरुलाई पनि जानकारी दिनुपर्छ । समय समयमा सार्वजनिक सुनुवाई गरी यहाँका कार्यक्रमहरु प्रगति विवरणहरु सार्वजनिक गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि आम जनतालाई सूचनाको हकबाट बच्चित गरेको अधिकारीको भनाई छ । वडाध्यक्षलाई १ सय जना उपभोक्ताको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको थियो ।

यता, वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गले उक्त २० लाख बजेट फाक्तेबको गाडी टोलमा लगिएको स्वीकार गरेका छन् । जनप्रतिनिधिहरुको सहमति मै बजेट फाक्तेव लगिएको हो । वडाध्यक्ष चेम्जोङ्गले भने, आउँदो आ.व.देखि नगरपालिकाको आसपास र चन्द्रडागी केन्द्रित बजेट विनियोज गर्छौं । उनले उक्त बाटो निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले नगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारमा योजना माग गर्ने समेत जानकारी दिए ।

प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]