बैशाख २२, २०८१ शनिबार

फोहोर देखाउने कि मोहोर कमाउने ?

सम्पादकीय

झापाको बिर्तामोडमा निरन्तरको झरीपछि फोहोर व्यवस्थापनमा कठिनाई भइरहेको छ । जसका कारण दुई सातादेखि बिर्तामोडको फोहोर संकलन अवरुद्ध छ । जहाँ डम्पिङ भइरहेको थियो, त्यहाँको बाटोको संरचनामा समस्या भएपछि फोहोर व्यवस्थापनमा कठिनाई भइरहेको छ । तर, त्यसै कारण फोहोर व्यवस्थापन गर्न रोकेर पनि हुदैन । फोहोरलाई तत्काल व्यवस्थापन गर्न नसके थप समस्याहरु उब्जन सक्छ । मानव स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने भएकाले व्यवस्थापनमा कठिनाई भइरहेको बेला नागरिकको तहबाट सहयोग गर्न आवश्यक छ ।

बिर्तामोड नगरपालिकाले ४ ट्याक्टर फोहोर वडा नं. १ मा एउटा मानव वस्ती नभएको क्षेत्रमा पुरिदियो । उक्त फोहोर व्यवस्थापन गरेको ठाउँदेखि सबैभन्दा नजिक रहेको घरपरिवारको सहमतिमा फोहोर व्यवस्थापन गर्दा पनि समस्या आएको छ । सो क्षेत्रभन्दा केहि बाहिरका बासिन्दाले त्यसको विरोध जनाए । नागरिकको स्वास्थ्यलाई नै ख्याल गर्दै फोहोर पुरिएको हो । फोहोर व्यवस्थापन नगरी ट्याक्टर मै राख्दा झनै दुर्गन्ध हुने हुँदा जनप्रतिनिधिहरुले वैकल्पिक व्यवस्थापन गरेका हुन् । त्यसबाट दुर्गन्ध फैलिन नदिन नगरपालिकाले ध्यान दिनैपर्छ । नगरपालिकाले गाउँमा महामारी फैलियोस् भन्ने उद्देश्यले त्यहाँ फोहोर पुरेको पक्कै होइन ।

एक बेला नगरपालिकाले यस्तै कठिनाई हुँदा नगर परिसर मै खाल्डो खनेर फोहोरको व्यवस्थापन गरेको थियो । त्यहाँ फोहोर पुरेकै कारण मानव जीवनमा असर गरेको सुनिएन । फोहोर व्यवस्थापनको दायित्व स्थानीय सरकार र नागरिक सबैको हो । फोहोर व्यवस्थापन भइरहँदा बिर्तामोड सुन्दर हुने गर्छ । व्यवस्थापनमा कठिनाई हुनासाथ समस्या सिर्जना हुन्छ । फोहोरलाई मोहोर बनाउन सकिन्छ । सडकमा मोहोर फालिएको छ । कुहिने फोहोरलाई घरमै मल बनाएर प्रयोग गर्न सकिन्छ भने नकुहिनेमध्येबाट विक्रियोग्य फोहोरलाई बेचेर आम्दानी गर्न सकिन्छ । फोहोर थुपारेर नगरपालिकालाई गाली गर्ने भन्दा पनि आफ्नो घरबाट उत्पादित फोहोेरलाई व्यवस्थापन गर्दै मोहोरमा बदल्न सिकौं ।

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  ११ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]