बैशाख २३, २०८१ आईतबार

दुर्व्यसनबाट जोगाउन मद्दत गरौं

सम्पादकीय

समाजमा अनेकौं किसिमका अपराधिक क्रियाकलाप भइरहेका छन् । मादक पदार्थ सेवन, लागुऔषध दुव्र्यसनले हाम्रो समाजमा विभिन्न समयमा मानवीय क्षति हुने गरीका घटना भएका अनेकौं उदाहरण छन् । चोरी, तस्करी, लुटपाटजन्य घटनाको सिलसिला पनि उस्तै छ । पछिल्लो समय लागुऔषध दुव्र्यसनको डरलाग्दो कारोवार र प्रयोग भइरहेको छ । जसको नियन्त्रणमा राज्य पक्ष गम्भीर ढंगबाट लाग्न सकिरहेको छैन । दुव्र्यसनका कारण लाखौं युवाको भविष्य अन्धकारमय बन्दै गइरहेको छ । यो डरलाग्दो खाडलबाट युवाहरुलाई जोगाउन सबै क्षेत्रको उत्तिकै योगदान हुन जरुरी छ ।

झापा जिल्ला अहिले लागुऔषधको मुख्य केन्द्र नै बनेको छ । खुला सीमाका कारण नियन्त्रण हुन नसकेको लागुऔषध कारोवार नियन्त्रणका लागि एउटा अभियान सफल हुन सक्छ । सर्वप्रथम परिवारमा आफ्ना छोराछोरीको संगत कस्तो छ ? कुन बाटोमा हिडिरहेका छन् । के कस्तो जीवनशैली अपनाइरहेका छन् । खानपान र दैनिक जीवनमा खर्च गर्ने अवस्था के कस्तो छ ? अर्थात, कुन स्रोतबाट खर्च व्यवस्थापन गरिरहेका छन् ? यसको ख्याल अभिभावकले गर्नैपर्छ । यसरी आफ्ना छोराछोरीको ख्याल गरियो भने थोरै समाधान पाउन सकिन्छ ।

अर्को, शहरी क्षेत्र होस् या गाउँ । जहाँ पनि अहिले लागुऔषधको सञ्जाल फैलिएको छ । घरभाडामा लगाउनेहरुले पनि भाडामा बस्ने परिवारको बारे जानकारी लिन आवश्यक छ । भाडामा बस्नेहरु कुन क्षेत्रमा काम गरिरहेका छन् ? आय स्रोतको बाटो के हो ? खासगरी युवा उमेर समूहको व्यक्ति भाडामा बसेको खण्डमा शंकास्पद लागे सोधीखोजी गर्न सकिन्छ । घरबेटीले समयमै खोजी गरेमा दुव्र्यसनमा लागेको व्यक्तिले पनि नयाँ जीवन पाउन सक्छ । लागुऔषध मात्र होइन, यतिवेला चोरी, डकैतीका कयौं घटना भइरहेका छन् । हरेक घरधनीले आफ्नो घरमा बस्ने परिवारको बारेमा सम्पूर्ण विवरण राख्न अपरिहार्य छ । त्यसो गर्न सकियो भने कयौं युवाहरुलाई दुव्र्यसनबाट जोगाउन सकिन्छ ।

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  ११ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]