बैशाख १७, २०८१ सोमबार

इप्रका झिलझिलेका प्रहरी इञ्चार्जमाथि धारिलो हतियार प्रहार

बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्जार्च युवराज कटुवालमाथि धारिलो हतियार प्रहार भएको छ । आज साँझ ७ बजे शिवसताक्षी–९ स्थित झरना खोला नजिकै धारिलो हतियार प्रयोग भएको हो । हतियार प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

सडकमा मोटरसाइकल असभ्य ढंगले चलाएको देखेपछि प्रहरी इञ्चार्जले रोकेर सोधपुछ गर्ने क्रममा धारिलो हतियार प्रहार भएको थियो । उनको टाउको र हातमा चोट लागेको छ । हातमा २ र टाउकोमा ३ टाका लगाइएको छ । थप उपचारका लागि बिर्तामोड ल्याइएको सूचना प्राप्त भएको ।
उनी सरुवा भई भोली झिलझिले छोड्ने तयारी गर्दै थिए ।

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]