बैशाख २३, २०८१ आईतबार

गरिखान सिकाउने दोकानको अभाव

सम्पादकीय
देशभर वैदेशिक रोजगारीमा जानेको संख्या सरदर बढ्दो संख्यामा छ । पछिल्लो साउन महिनामा केहि हद मात्रामा संख्या घटे पनि समग्रमा विदेशिनेको संख्या हरेक महिना बढेको बढ्यै छ । कुनै वैदेशिक रोजगारीमा मेनपावरहरुले मात्रै पठाउने गर्थे । अहिले विभिन्न नाममा खोलिएका कन्सल्टेन्सीहरुले समेत रोजगारीमा विदेश पठाइरहेका छन् । तेस्रो मुलुकमा अध्ययनका लागि जाने विधार्थीहरुलाई शैक्षिक परामर्श दिन खोलिएका कन्सलटेन्सीहरु पनि आधा जति मेनपावर कै काम गरिरहेका छन् । अहिले किराना पसल बराबर खुलेका कन्सलटेन्सीहरुका कारण विभिन्न उद्देश्यले विदेश जानेहरुको संख्यामा वृद्धि भइरहेको छ ।

जापान अध्ययनका लागि जानेहरु पनि काम गर्न जाने हो । पैसा कमाउन कै लागि जाने हो । विधार्थी भिजामा गएर पैसा नै कमाउने हो । अध्ययन पनि गर्ने हो । अष्ट्रेलियाको कुरा पनि उहि हो । अध्ययनका लागि जाने विधार्थीहरु पैसा कमाई मै लागेका छन् । परिवारको आर्थिक सुरक्षा र भविष्यमा सोही देशमा बसाईको व्यवस्था मिलाउने धेरै उद्देश्य हुन्छ । खाडी मुलुकमा वेरोजगारहरु जाने हो । अन्य राष्ट्रमा विधार्थीका नाममा जाने हो । अहिले कोरियाको उस्तै चाम छ । तर, विधार्थीहरु नियमित जान सकिरहेका छैनन् ।

वैदेशिक रोजगार सबैको लागि बाध्यता जस्तै भएको छ । मुलुकको अवस्था हरेक वर्ष दयनीय बन्दै जानु, राजनीति स्थिरता हुनुले युवाहरु विदेशलाई बाध्यतासँगै विकल्प बनाइरहेका छन् । शहरका सडक वरवर मेनपावर र कन्सलटेन्सी नामका दोकान मात्रै छन् । देशमै गरिखान सिकाउने कन्सलटेन्सी भेटिदैनन् । माननीयहरु पनि विदेश पठाउन भाषा सिकाउने ठाउँकै उद्घाटनलाई प्राथमिकता दिन्छन् । यसरी देशमा श्रम शक्ति सधैं विदेश जाने हो भने देशको सुरक्षा गर्ने युवाको पनि अभाव हुने छ । यसैले देशमा केहि गर्ने वातावरणको सिर्जना गरौं । नीति निर्माणको तहमा रोजगार मुलक क्षेत्रलाई व्यापक बनाउने प्रयास गरौं । रोजगारीमा रहेकाहरुलाई टिकाउने काम गरौं ।

प्रकाशित मिति : भाद्र ८, २०८० शुक्रबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]