बैशाख १६, २०८१ आईतबार

जापानमा बजारीकरणको ग्यारेन्टीले कृषि क्षेत्र ढुक्क रहेछ : थोप्रा

शिवसताक्षी । जापानिज संस्था जाइकाले झापाका चार पालिका प्रमुखहरुलाई कृषि क्षेत्रका अध्ययनका लागि जापान भ्रमण गराइरहेको छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन¬), कमल गाउँपालिका प्रमुख हुकुमसिंह राई, गौरीगंज गाउँपालिका प्रमुख फुलवती राजवंशी र गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदीसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका महानिर्देशक सुशिल चन्द्र राई, उपमहानिर्देशक टिकाराम बराल, योजना तथा अनुगमन महाशाखाका डा. शान्ता कार्र्की, प्रदेशका जलस्रोत तथा उर्जा मन्त्रालयका मेघराज ज्ञवाली, ई. राजेन्द्र कुमार माझी, वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोख्रेल लगायत कन्काई नहरका जल उपभोक्ता समितिका पदाधिकारीसहित १२ जना जापान भ्रमणमा गएका हुन् ।

भ्रमणका क्रममा नगर प्रमुख थोप्राले जापानमा गरिने खेती प्रणालीमा अत्यधिक कृषि औजार प्रयोग गरेको पाइएको जानकारी दिए । जापानमा पनि कृषिका लागि केही समस्याहरु रहेका छन् । उनले भने, तर एकिकृत खेती गर्ने, सिचाई र उत्पादन गरिएको कृषि उब्जनीहरुलाई ग्यारेन्टीका साथ बजारीकरण भएकाले कृषकलाई सहज मिलेको रहेको छ ।
जापान सरकारले कृषि उत्पादन विक्रीका लागि विचौलियाहरुलाई व्यस्थापन गरिएको पाइएको नगरप्रमुख थोप्राले जानकारी दिए । उनले सरकारको पहुँच नपुग्ने स्थानहरुमा निजी क्षेत्रले पनि बजारीकरणका लागि काम गरिएको बताए ।
जापान सरकारले चाक्लाबन्दी खेतीलाई निरुत्साहित गर्दै एकिकृत खेती प्रणाली लागु गरिएको बताए । उनले भने, कृषि क्षेत्रलाई जापानले उधोगको रुपमा लिएको रहेछ । ३ जना व्यक्तिले ६० हेक्टर जग्गामा कृषि बाली लगाएको अवलोकन गरिएको उनले बताए । उनका अनुसार अझै पनि कृषि क्षेत्र युवाहरुले सम्हालेको पाइएन ।

जापानको कृषि मन्त्रालय, सिजुवाका क्षेत्रमा रहेको सिंचाई परियोजना, सिंचाईका विभिन्न बाँधहरु, कृषकलाई व्यवस्थित पानीको वाँडफाड गरिएका परियोजनाहरु, सहकारी संस्थाले फलफुलको ग्रेडिङ्ग, प्याकेजिङ्ग र लेवलिङ्ग गर्दै गरेका उद्योगहरु र १५ हेक्टर र ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक खेती गरिरहेका कृषकका फार्महरुको अवलोकन गरिएको नगरप्रमुख थोप्राको भनाई छ ।

जापान र नेपाल सहयोग नियोग अन्तर्गत कनकाई सिचाई प्रणालीको पानीको सदुपयोगमा सुधार गर्ने उद्देश्य राखेर जाइकाले कनकाई नहरले सिंचित हुने क्षेत्रमा कार्यक्रम संचालन गर्नेछ । सोहि क्षेत्रका प्रतिनिधिलाई जाइकाले जापानको कृषि क्षेत्रको अध्ययनका लागि लगेको बताइएको छ ।

प्रकाशित मिति : भाद्र ९, २०८० शनिबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]