बैशाख २३, २०८१ आईतबार

चन्द्रगढीमा ‘चन्द्रगढी स्तम्भ’ राखिने

चन्द्रगढी । झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीको पहिचान बचाउन चन्द्रगढी स्तम्भ राख्ने निर्णय गरेको छ । देशमा गणतन्त्रको स्थापना भय पश्चात् स्थानीय निकायहरूको पुनःसंरचनासँगै चन्द्रगढी गाविस भद्रपुर नगरपालिकामा समायोजनमा भएपछि अस्तित्व घट्दै गएको त्यहाँका सरोकारवालाहरूले गुनासो गरेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले आइतबार बोलाएको सर्वपक्षीय भेलाले चन्द्रगढीको पहिचान जोगाउन साबिक चन्द्रगढी गाविस हाल भद्रपुर १० नम्बर वडा कार्यालय अगाडि चन्द्रगढी स्तम्भ राख्ने सर्वसम्मत निर्णय गरेको हो ।

केन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न भेलामा भद्रपुर ७, ८ र १० का वडा अध्यक्षहरू क्रमशः अभिषेक ढुङ्गाना, गौरव सुब्बा र टेकबहादुर खड्का काजी, ९ नम्बरकी वडा सदस्य मञ्जु पोखरेल, खानेपानी उपभोक्ता तथा सरसफाइ समिति चन्द्रगढीका अध्यक्ष पुरुषोत्तम अधिकारी लगायतले आआफ्ना राय सुझावहरू राखेको थिए । खड्गबहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको भेलामा समाजसेवी ज्योति रिजाल न्यौपाने, सुशीला बस्नेत, खेम भट्टराई, निरु सन्जेल, विष्णु काफ्ले लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  ४ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]