बैशाख २४, २०८१ सोमबार

युवाशक्ति राष्ट्र निर्माणको मेरुदण्ड : थेवे

भद्रपुर । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले संगठनमा आबद्ध युवाहरुलाई देशको समृद्धिका लागि काम गर्न आव्हान गरेका छन् ।

आइतबार भद्रपुरको सिटी गार्डनमा आयोजित राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष थेवेले युवाशक्ति राष्ट्र निर्माणको मेरुदण्ड भएकोले यो शक्तिलाई खेर फाल्न नहुने धारणा व्यक्त गरे ।

प्रमुख अतिथि थेवेले अहिले युवा वर्ग राजनीतिप्रति उदासिन बन्दै गएको प्रति दुःख व्यक्त गर्दै देशको भाग्य र भविष्यको मुख्य आधारशिला युवा भएकोले राजनीतिबाट टाढा भाग्न नहुने उल्लेख गरे ।

उनले राष्ट्रिय युवा संघ सबैभन्दा ठूलो जनाधार भएको स्थापित संगठन भएकोले यही संगठनमा गोलबद्ध भएर देश र जनताको हितका लागि काम गर्न युवाहरुलाई आह्वान गरेका हुन् ।

दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संगठनका केन्द्रीय सचिव पर्वत भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले बन्दशत्र चलिरहेको छ ।

कार्यक्रममा नेकपा एमाले झापाका उपससिचव एवम् जनसंगठन संयन्त्र प्रमुख असारु राजवंशीले शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघमा आबद्ध युवाहरुलाई रचनात्मक गतिविधिमा अग्रसर हुन आग्रह गरेका छन् । कार्यक्रममा अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा भएका गतिविधिका बारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]