बैशाख २३, २०८१ आईतबार

ढल, ड्रेनको व्यवस्थापन गर

सम्पादकीय

झापाको बिर्तामोडमा सोमवार विहान एक जना युवकको शव भेटियो । मुक्तिचोक नजिकैको ढलभित्र शव भेटिएको थियो । अहिलेसम्म ति युवकको पहिचान खुलेको छैन । सीसी क्यामेराबाट घटनास्थल हेर्दा बाटो काट्दै गर्दा ढलको ढकनी नहुँदा दुर्घटना भएको देखिन्छ । राती ढलमाथिबाट पार गर्ने क्रममा लढेका युवा उठ्नै पाएनन् । टाउको फुटेको अवस्थामा फेला परेका युवा को हुन् ? पहिचान खुलेको छैन । पहिचान नखुलेसम्म केहि दिनलाई शव गृहमा राखिएको छ । मध्यरातमा ढलमा लढेका युवालाई तत्काल कसैले देखेन । यदि देखेको भए उनको जीवन जोगिने थियो ।

यस्तै, भद्रपुरमा सोमवार एक जना बालिका डे«नमा मृत अवस्थामा फेला परिन् । तीन वर्षीया बालिका खेल्ने क्रममा लडेको कसैले पत्तो पाएन । डे«नमा त्यहाँ पनि असुरक्षित भएका कारण यस प्रकारको दुर्घटना भएको हुनुपर्छ । एक महिना अघि धुलावारीमा एउटा मन्टेश्वरीका एक बालक ढलको ट्याङ्कीमा डुवेर ज्यान गयो । ढलको ट्याङकीमा ढकन राम्रो व्यवस्थापन नगर्दा बालकले ज्यान गुमाए । भौतिक संरचनाहरुमा हुने संभावित दुर्घटनास्थलको पहिचान गर्न नसक्दा अनायसै ज्यान गुमाउनु परेको छ । बिर्तामोडमा यदि ढकन हुन्थ्यो त ति युवकले ज्यान गुमाउनुपर्ने थिएन । लढेर सामान्य चोटपटक लाग्न सक्थ्यो ।

बिर्तामोड मात्र होइन, अधिकांश क्षेत्रहरुमा संरचनागत जोखिम धेरै छ । मुक्तिचोक आसपास र अन्य ठाउँहरुमा ढल वा ड्रेनहरुमा जोखिमै जोखिम छ । कतिपय ठाउँमा ढकन छैन । अन्य संरचनाहरु निर्माण गर्ने क्रममा भत्काइएको ठाउँहरु पुनमर्मत नगर्दा दुर्घटनाको जोखिम बढेर गएको छ । सडक क्षेत्रमा देखिने खाल्डाखुल्डीमा आसपासका नागरिकहरुले स्थानीय सरकारलाई गाली गर्ने बहाना पाएका छन् । आफ्नै घर अगाडिको खाल्डो पुर्ने ल्याकत कसैसँग छैन । जब, दुर्घटना हुन्छ पश्चाताप बाहेक केहि बाँकी रहदैन । सबैले दुर्घटना न्यूनिकरणका लागि आफ्नो सामाथ्र्यले सक्ने समाधान आफै खोज्नुपर्छ । तव मात्र दुर्घटना कम गर्न सकिन्छ । कोहि पनि खाल्डोमा परेर, डे«नमा परेर , ढलमा परेर ज्यान गुमाएको सुन्न पर्दैन ।

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  २ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]