बैशाख १७, २०८१ सोमबार

शिवसताक्षी १० को वडा कार्यालय भवनको उद्घाटन

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० को वडा कार्यालय आफ्नै भवनमा सरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारस्थित नवनिर्मित भवनबाट सेवा सुरु गरिएको हो ।

बुधबार एक कार्यक्रमका बीच उक्त भवनको क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद तथा पूर्व प्रदेश मन्त्री भक्ती सिटौला, नगर प्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्की रिवन काटेर उद्घाटन गरेका हुन् ।
उक्त भवन १ करोड २६ लाख, ८२ हजारमा निर्माण भएको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङ्गहाङले जानकारी दिए । भवन अपाङ्गमैत्री दुई तले १ सभाहल सहित ७ कोठाको निर्माण भएको छ । यो भवन सम्पन्न भएसँगै नगरका सबै वडाहरुमा आफ्नै भवनबाट सेवा प्रवाह हुने भएको छ ।

कार्यक्रममा वडा नं.१० का ८५ वर्षदेखि १०२ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए । वडाका १५ जना ज्येष्ठ नागरिकलाई संघीय संसाद, प्रदेश सांसद, नगर प्रमुख, नगर उपप्रमुख लगायतले दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

कार्यक्रम संघीय सांसद एलपी साँवा लिम्बु, प्रदेश संसाद तथा पूर्व मन्त्री भक्ती सिटौला, नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, पूर्व नगर प्रमुख चन्द्रकुमार सेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयबाट नृत्य प्रस्तुत गरिएको थियो । वडाध्यक्ष हर्क सिगुको अध्यक्षता भएको कार्यक्रमको स्वागत वडा सदस्य कोपिला मैनाली र कार्यक्रम सञ्चालन वडा सदस्य दिपक पोख्रेलले गरेका थिए ।

प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]