बैशाख २३, २०८१ आईतबार

शिक्षक सरुवाको वेथिती

सम्पादकीय
प्रत्यक्ष कारोवार हुने अड्डामा कयौं भ्रष्टाचारका घटना सुन्न पाइन्छ । घुस खुवाएर पनि मालदार अड्डा सरुवामा हुने घटनाहरु नयाँ होइनन् । मुलुकमा भ्रष्टाचार र घुस खुवाएका सयौं घटनाहरु आम नागरिकलाई थाहा छ । गुपचुप घटनाहरु बाहिर आएका छैनन् । तर, मालदार अड्डा बाहेक पनि घुस दिने, लिने गरेको एउटा घटनाले पुष्टि गरेको छ । हाल ताप्लेजुङमा कार्यरत शिक्षक भवानी विष्टले झापा सरुवाका लागि ४ लाख रुपैयाँ बुझाउनु परेको घटनाले शिक्षक सरुवाको वेथिती स्पष्ट पारेको छ । शिक्षकहरुका लागि नयाँ विषय नभए पनि आम नागरिकका लागि अनौठो विषय बनेको छ ।

सामान्यतयःघर पायक जागिर बनाउने सबैको चाहाना हुन्छ । प्रक्रिया अनुसार घर पायक जागिर मिलाउन समय लाग्ने भएपछि छोटो बाटोका लागि पैसा बुझाउनु परेको हुन सक्छ । विद्यालय क्षेत्र भनेको मालदार अड्डा पनि होइन । शिक्षण गर्नका लागि आउने एउटा शिक्षकलाई ४ लाख आम्दानी गर्न एक वर्षभन्दा धेरै लाग्छ । शिक्षक सरुवामा पहुँच राख्नेहरुले एउटा गुरुलाई निशुल्क उक्त व्यवस्था मिलाउनुपर्ने हो । तर, जहाँ पनि पैसामै सेटिङ गर्न पल्किएको गिरोहलाई शिक्षक, अभिभाकको कुनै मतलव नहुदो रहेछ । जसको पुष्टि यो घटना गरेको छ ।

विष्ट सरले आफ्नो समस्या मिडियामा सार्वजनिक गरेको २ दिन नवित्दै केहि रकम फिर्ता पाइसके । रकम फिर्ता हुनासाथ भावनामा बगेर समाचारले मानहानी भएकाहरुको लागि क्षमा नै मागिसके । धन्दा गरिरहनेहरुले सकेसम्म सबै ठाउँमा आफ्नो उपस्थिति गराउन चहान्छन् र पैसा असुल्छन् । स्वभाविक रुपमा धन्दावालहरुले पैसा उठाउने नै हो । तर, उनीहरुलाई सरुवाका लागि पैसा बुझाउनेको पनि गल्ति छ । घुस खुवाउनु पनि अपराध हो भन्ने कुरा विष्टले बुझ्नुपर्छ । सरुवा मिलेको थियो भने विष्टले यो घटनालाई बाहिर पनि ल्याउन थिएनन् । शिक्षक नेता, दलका नेताहरुले गर्ने यस प्रकारका धन्दाले विद्यालय क्षेत्र माथि उठ्न सक्दैन । शिक्षणलाई राम्रो बनाउने भन्दा पनि सरुवामा लाखौं खान पल्किएकाहरुबाट सचेत रहन जरुरी छ ।

प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]