बैशाख २७, २०८१ बिहीबार

कोशी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतविरूद्व सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

आज पूर्ण इजलासमा मुद्दाको सुनुवाई हुन लागेको हो । न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा रिटको पेशी तोकिएको छ । यसअघि हिजो पेशी तोकिएको मुद्दालाई पूर्ण इजलासबाट टुंग्याउने निर्णय भएको थियो ।

मुख्यमन्त्री थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  १२ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]