बैशाख २७, २०८१ बिहीबार

कोशी सरकारविरुद्धको रिटमा आज पनि बहस, फैसलाको आउने सम्भावना

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज पनि बहस हुनेभएको छ ।

सर्वोच्च अदालतमा मंगलबार बहस नसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस हुन लागेको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । जवाफी बहसपछि आजै फैसला आउने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]