जेष्ठ २, २०८१ बुधबार

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाटै १८ लाख ७६ हजार संकलन

ताप्लेजुङ । यहाँ बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट रु १८ लाख बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट रु १८ लाख ७६ हजार छ सय सङ्कलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ ।

बुधबार एकै दिन फाइनल प्रतियोगितामा पुगेका दर्शकबाट रु सात लाख ५५ हजार सङ्कलन भएको थियो । फाइनल प्रतियोगितामा तीन हजार सात सय ७५ दर्शकले टिकट खरिद गरेर खेलको अवलोकन गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन रु एक लाख ७० हजार आठ सय, दोस्रो दिन रु एक लाख ३१ हजार सात सय, तेस्रो दिन रु एक लाख ७५ हजार छ सय, चौथो दिन रु एक लाख ७७ हजार सात सय र पाँचाँै दिन रु एक लाख ५८ हजार चार सय सङ्कलन भएको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मङ्लबार भएको सेमिफाइनलको अन्तिम खेलमा रु तीन लाख ७४ हजार सङ्कलन भएको थियो ।

खेल अवधिभर नै जिल्ला र जिल्ला बाहिरबाट आएका दर्शकको घुइँचो नै लागेको थियो । यसपटकको प्रतियोगितामा करिब १० हजार दर्शकले अवलोकन गरेका छन् । लाखेजात्रामा आयोजना हुने हरेक वर्षका प्रतियोगितामा टिकट बिक्री गरिँदै आएको छ ।

खेल सञ्चालन गर्नका लागि खेलमैदान स्तरोन्नति गर्नुपर्ने, प्यारापिट निर्माण गर्नुपर्ने लगायतका कारण टिकट बिक्री गर्नुपर्ने बाध्यता रहेको आयोजकले जनाएको छ । यस वर्ष खेल मैदानको स्तरोन्नति र प्यारापिट निर्माणमा मात्रै अनुमानित रु आठ लाख बढी खर्च भएको बताइएको छ ।

यस्तै प्रतियोगिताका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिबाट ठूलोमात्रामा सहयोग प्राप्त भएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताउनुभयो । ऐतिहासिक फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पर्यटन प्रवद्र्धन, खेलकुदको विकासमा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको र आगामी समयमा यसलाई थप परिस्कृत गर्दै निरन्तरता दिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ३ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]