बैशाख २७, २०८१ बिहीबार

सरकारको नेतृत्व देउवाले गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताएका छन् ।
११० औँ बीपी जयन्तीको अवसरमा आइतवार हेटौँडा–११ को नवलपुरमा बीपीको शालिक अनावरण गर्न हेटौँडा पुगेका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताए ।

कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको उनको टिप्पणी छ । उनले भने, ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौँ भनेर भन्नुभयो । सुर्खेतमा गएर एक-दुई महिनाभित्र डेढ-दुई लाख जना मानिस सडकमा उतार्छाैँ भन्नुभयो ।’

नेता कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छाैँ र जातीय राज्य बनाउँछौँ भन्दै हिँड्दा धरानमा घटना हुन पुगेको दोहो¥याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो’, उनले भने ।

कांग्रेस सबैभन्दा ठूलो दल भएकाले स्वभाविकरूपमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने उनको भनाइ थियो । कोइरालाले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए ।

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]