जेष्ठ ७, २०८१ सोमबार

राप्रपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ, २७ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा आज बृहत् विरोध सभा तथा प्रदर्शन गरेको छ ।

गौहत्या अन्त्य गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै राप्रपासहित पार्टी निकट सङ्गठनले प्रदर्शन गरेको हो । देश र धर्मको रक्षा तथा भ्रष्टाचारको विपक्षमा राप्रपाले काठमाडौँको भृकुटीमण्डपदेखि शान्तिवाटिकासम्म ¥याली निकालेको थियो ।

भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डको पूर्ण छानबिन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्नेलगायतका विषयमा माग गर्दै प्रदर्शन गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गौहत्या तत्काल रोक्न सरकारलाई आग्रह गर्नुभयो । सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खलल पार्ने कामको आफ्नो पार्टीले प्रतिवाद गर्ने अध्यक्ष लिङ्देनले बताउनुभयो ।

प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]