बैशाख २५, २०८१ मंगलबार

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा गर्दै पशुपति पुराइयो

बिर्तामोड । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा गर्दै पशुपति आर्यघाट पुराइएको छ ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गरेको थियो । उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुराइएको छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुदैछ ।

नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न लाखौं नागरिक सहभागी भएका छन् । विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, प्रधानमन्त्रीसहित मन्त्री, सांसदहरु, सर्वसाधारण नागरिक पशसपति आर्यघाट पुगेका छन् । नेता नेम्वाङको पार्थिक शरिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओडाएका छन् भने राष्ट्रिय झण्डा ओडाउदै प्रधानमन्त्री प्रचण्डले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  १२ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]