बैशाख २५, २०८१ मंगलबार

निधिका विद्यार्थीलाई कानुनी सचेतना

बिर्तामोड । झापाको बिर्तामोडस्थित निधि माध्यमिक विद्यालयमा पाँच दिवसीय कानुनी सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । ब्राइट भिजन ल कलेज विराटनगर र ल स्टुडेन्ट सोसाइटी नेपालको सहकर्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

सोही अवसरमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पनि वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरेको सचेतना कार्यक्रममा संविधान, संविधानवाद, मौलिक हक, मुलुकी देवानी, मुलुकी फौजदारी ऐन तथा वित्तीय कानुनका बारेमा सचेतना प्रदान गरिने बताइएको छ । विद्यार्थीलाई लागू औषध दुव्र्यसन, बालविवाह, प्राइभेसी ल लगायतका विविधि विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

‘सचेत नेपालको लागि सचेत नयाँ पुस्ता’ नारा रहेको कार्यक्रममा विद्यार्थीहरुलाई कानुनी सचेतना प्रदान गरी अब्बल नागरिक बनाउने योजना रहेको छ ।

ल स्टुडेन्ट सोसाइटी नेपालका कार्यबाहक अध्यक्ष अनिश कुमार कट्टेल, प्रोजेक्ट एक्जुकेटिभ हेड विशेष अछामी र सरोज मल्लिक, टिम लिडर नबिना कार्की र निरज कुमार यादव साथै सल्लाहकार नितेश उराउ र रन्जन झा, लगायतले सचेतना कार्यक्रमको अगुवाई गरिरहेका छन् ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]