जेष्ठ ५, २०८१ शनिबार

सहकारीले बाटो विराउदा समस्या

सम्पादकीय

कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले समग्र आर्थिक क्षेत्र तहसनहस बनेको छ । त्यसको प्रभाव चिया व्यापारीदेखि ठुलठुला गाडि विक्री गर्नेहरुसम्म परेको छ । अर्थात सबै आर्थिक क्षेत्र प्रभावित बनेको छ । आर्थिक क्षेत्रको सुधार हुने अपेक्षा भने जिवितै छ । तर, कहिले उठ्छ भन्ने निश्चित छैन । त्यसैको मारमा परेको सहकारी क्षेत्रहरु ठुलो समस्यामा परेका छन् । जग बलियो भएको सहकारीहरु अहिलेसम्म ठिकै अवस्थामा छन् । तर, कतिपय सहकारीहरुको हालत दयनीय भइसकेको छ । दयनीय भइसकेका सहकारीहरु आफ्नै कारण यो अवस्थामा पुगेका हुन् ।

सहकारीहरु नेपालभर समस्यामा परेका छन् । झापामा मात्र सहकारी समस्यामा छन् भन्ने होइन । यहाँ पनि केहि सहकारीहरु अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेका छन् । उद्देश्यभन्दा बाहिर गएर कारोवार गर्ने अधिकांश सहकारीहरु कठिनाई पूर्ण समय व्यतित गरिरहेका छन् । बचत तथा ऋण कारोवारको उद्देश्यहरु अर्को क्षेत्रमा प्रवेश गरेर कारोवार गर्दैछन् । कृषि उद्देश्य भएका सहकारीहरु कृषिभन्दा अन्य कारोवारमा प्राथमिकता दिदैं आएका छन् । एउटा उद्देश्यमा स्थापना भएका सहकारीहरु अर्को उद्देश्यमा प्रवेश गरेकै कारण अहिलेको समस्या आएको हो ।

सानो पुँजीको संकलन गर्ने र परिचालन गर्ने काममा सहकारीहरुले आफुलाई स्थापित गर्नुपर्ने हो । तर, सानो कारोवारको नाममा ठुलो व्यापार गर्ने सहकारीहरु विचलित हुने अवस्थामा छन् । शेयरमा लगानी गर्ने, बैंकसँग तुलना गर्ने, हाउजिङदेखि जग्गासम्म सहकारीको पैसा लगानी गर्ने प्रवृत्तिले सहकारीहरु डगमगाएका हुन् । सञ्चालकहरुले मनखुशी कर्जा लिने, समयमा नबुझाउने गर्दा अर्को समस्या थपिएको छ । सदस्यहरुको बचत रकमलाई सहि ढंगबाट परिचान गर्न नसक्दा सहकारी आफैलाई कमजोर बनाइरहेका छन् । सहकारीहरुमा सदस्यहरुको निरन्तर अनुगमन र संस्थागत जानकारी लिन तयार हुनुपर्छ । सहकारीहरुले बाटो विराउदा सदस्यहरु मार्कामा परेका छन् । अब, सदस्यहरुले आफ्नो बचत रहेको संस्थामा सबै खाले विवरण मागेर गलत बाटोमा जानबाट जोगाउनुपर्छ ।

प्रकाशित मिति : भाद्र ३०, २०८० शनिबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]