बैशाख ७, २०८१ शुक्रबार

इन्धनमा प्रति लिटर २ रुपैयाँ बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले आइतबार पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]