बैशाख १८, २०८१ मंगलबार

‘देश सुधार्न युवाहरूले हस्तक्षेप गर्नुपर्छ’

काठमाडौं, ३० भदौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा रहेको बताएका छन् ।

आज शनिबार भक्तपुरमा विद्यार्थीहरुसंगको अन्तर्क्रिरयामा ओलीले गठबन्धन सरकारका कारण सुशासन, विकास लगाएतका हिसाबले देश अन्त्यन्तै प्रतिकुल अवस्थामा रहेको बताएका हुन् ।

उनले अब देशलाई सुध्रिने बाटोमा लैजानु जरुरी रहेकाले युवाहरुले हस्तक्षेप गर्नुपर्ने बताए । ओलीले गठबन्धनको नाम लिएर प्रोफेसर कुट्ने र गुण्डागर्दीमा उत्रिँदा पनि सरकार मौन रहेको उल्लेख गरे ।

त्यस्तै, विद्यार्थीहरुको प्रश्नको जवाफ दिँदै ओलीले आफू अझै २० वर्ष सक्रिय रहने भन्दै आफू सक्रिय रहँदा नै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिने धारणा व्यक्त गरे । उनले दुई पटक शल्यक्रिया गरेपछि अहिले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठिक रहेकाले २० वर्ष देशलाई अघि बढाउन भूमिका खेल्ने जिकिर गरे ।

अध्यक्ष ओलीले युवाहरुले देशमा हुने षडयन्त्रलाई समाप्त गर्दै देशको भूगोलको रक्षा गर्नुपर्ने बताए । आफूलाई अव्वल राजनीतिज्ञ भन्न नसके पनि आफूले इमानका साथ राष्ट्र र जनताको पक्षमा काम गर्ने उनको भनाइ छ ।

ओलीले जनताले आफूलाई जेलबाट छुटाएर विभिन्न पद हुँदै प्रधानमन्त्रीसम्म बनाएको भन्दै जनताप्रति अन्त्यन्तै आदरभाव राख्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : भाद्र ३०, २०८० शनिबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]