जेष्ठ ३, २०८१ बिहीबार

एसिया कप क्रिकेट : उपाधीका लागि भारत र श्रीलंका भिड्ँदै

काठमाडौँ – एसिया कप क्रिकेटको आज फाइनल खेल हुँदैछ । फाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गदै छन् ।

भारत र श्रीलंकाबीच एसिया कपमा फाइनलमा १३ वर्ष पछि भेट भएको हो । भारत र श्रीलंकाका टीमका बीचमा एकदिवसिय खेलमा १६६ पटक आमनेसामने भेट भइसकेको छ । जसमा भारत हाबी हुँदै आइरहेको छ । भारतले त्यसमध्ये अहिलेसम्म ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ पटक मात्र जितेको छ ।

११ पटकको नतिजा आएको थिएन । एउटा खेल भने बराबरी भएको थियो । श्रीलंकाको कोलम्बोको केआर प्रमदासा खेल मैदानमा खेल हुँदैछ ।

भरत सुपर ४ मा पहिलो स्थानमा र श्रीलंका दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हुन् । बंगलादेश तेस्रो र पाकिस्तान चौथो स्थानमा रहेका थिए ।

भारत यो खेल जितेर आठौं पटक एसिया कप जितेर च्याम्पियन हुन चाहिरहेको छ । उसले पछिल्लो पटक २०१८ मा रोहित शर्माको कप्तानीमा खेलेको खेल जितेर च्याम्पियन बनेको थियो । श्रीलंका पनि यो खेल जितेर चौथो पटक एसिया कप उचाल्न आतुर देखिएको छ ।

भारत र श्रीलंकाको एसिया कप फाइनलमा १३ सालपछि प्रतिस्पर्धा हुन लागेको हो । दुई टिमका बीचमा एसिया कप फाइनलमा पछिल्लो पटक सन् २०१० मा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा भारतले जितेको थियो । भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा खेलेको उक्त खेलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गरेको थियो ।

भारत र श्रीलंकाका बीचमा फाइनलमै भने यो नवौं पटकको भेट हो । जसमध्ये ५ पटक भारतले खेल जितेको थियो । तीन पटक श्रीलंकाले जीत निकालेको छ ।

आजको खेल कसले जित्छ दुवै देशका लागि मात्र होइन, क्रिकेट प्रेमीका लागि पनि निक्कै चासो छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]