बैशाख १८, २०८१ मंगलबार

केपी ओलीको तस्वीरसँगै राष्ट्रिय झण्डा फहराउदै न्यूयोर्कमा स्काई डाइभिङ

झापा, भदौ ३१ । नेपालको राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्वीर साथमा लिएर एक जना नेपाली १४ हजार ५ सय फिट उचाईबाट ‘स्काई डाइभिङ’ गरेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का सुजन ओलीले अमेरिकाको न्युयोर्क सिटीबाट नेपालको झण्डा, समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार नेकपा एमालेका अध्यक्ष एवम् पूर्र्व प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर फहराउदै ‘स्काई डाइभिङ’ गरेका हुन् ।

उनले आफु शिवसताक्षी नगरबासी भएकाले शिवसताक्षी नगरपालिकाको तस्बीर र नेकपा एमालेको संगठित सदस्य भएकाले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा नेपालको झण्डा लिएर ‘स्काई डाईभीङ्’ गरेको बताए । १४ हजार ५०० फिट उचाईबाट ‘पाइलट’ को सहायतामा ‘स्काई डाईभिङ्’ गरेको उनले जानकारी दिए ।

नेपाली समयअनुसार आइतबार बिहान बजे ८ बजे उनले ‘डाईभिङ’ सफल गरेका हुन् । ‘मरेको थिए भने पनि नेपाली भएकाले नेपालको राष्ट्रिय झण्डा, एमाले भएकाले पार्टी अध्यक्ष ओलीको तस्वीर र शिवसताक्षी नगरबासी भएकाले नगरको तस्वीर साथमा रहेकाले परिवारको गुनासो हुदैन थियो,’ उनले भने ।

सानैदेखि हक्की स्वभावका ओली नेपालका विभिन्न ठाउँबाट बञ्जीजम्प र प्याराग्लाईडिङ गरेका छन् । उनी यसअघि पनि अमेरिकाका विभिन्न सहरहरुबाट जोखिमपूर्ण खेल खेल्दै आएका थिए ।

‘अमेरिकाको न्युर्योक सहरबाट नेपालको राष्ट्रिय झण्डा फहराउदै १४ हजार ५ सय फिटमाथिबाट स्काई डाईभिङ गर्ने म सम्भवतः पहिलो नेपाली हुँ,’ उनले दावी गरेका छन् ।

लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग नेपालकै हो भनि नेपालको नक्सामा समेटेर प्रकाशित गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको सम्मानका लागि ‘स्काई डाइभिङ’ गरेको उनले बताए । ‘ती भुभाग समेटर भारतका अगाडी नक्सा सार्वजनिक गर्नु चानचुने मुटु हुनेले सक्दैन । मैले पनि ज्यानको परवाह नगरी पूर्व प्रधानमन्त्री ओलीको निर्भिकताको सम्मानका लागि सफल ‘स्काई डाइभिङ’ गरेको हुँ ।’

केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको वेला उनले ‘स्काई डाइभिङ’ गर्ने योजना बनाएका थिए । ८ वर्ष पछि आफ्नो लक्ष्य पुरा भएको उनले बताए ।

प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार  ३ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]