बैशाख १८, २०८१ मंगलबार

बिर्तामोडमा बुबा झरेको १० वर्षपछि छोराको पनि छतबाटै झरेर मृत्यू

बिर्तामोड । आफ्नै घरको छतबाट झरेर झापाको बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । भारतीय सैनिकबाट सेवानिवृत्त भएर केही महिना अघि घर फर्केका बिर्तामोड– ५ सुव्वाचोक बस्ने ४८ वर्षीय कबिरमान तामाङको आफ्नै तीनतले घरको छतबाट झरेर मृत्यु भएको हो ।

बिहान ५ बजेको समयमा छतबाट झरेर घाईते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा आज बिहान ५.४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

मृतकका पिता भीमबहादुर तामाङको पनि सोही घरको छतबाट झरेर मृत्यु भएको थियो । करिव १० वर्षअघि सो घर एकतले हुँदा तामाङका पिता भीमबहादुरको पनि घरको छतबाट झरेर मृत्यु भएको नेपाल तामाङ घेदुङ बिर्तामोडका अध्यक्ष विजय तामाङले बताए । अध्यक्ष तामाङका अनुसार कविरमान पश्चिमपट्टि झरेका थिए भने उनका पिता पूर्वपट्टि झरेका थिए ।

प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार  ५ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]