कविता : तिज
रमा भण्डारी
तिज, तिमी आमाको काखमा हुनु,
छोरीको साथमा हुनु,
माइतीको आँखामा हुनु,
चेलीको खुशीमा हुनु,
तिमी समाजमा हुनु,
सबै दिदीबहिनीको सद्भावना हुनु ।
प्रीय तिज तिमी रातै भएर हुनु
सबैको मनै भएको हुनु
छमछमी नाचेको हुनु
पीर भुलेको हुनु र खुशी मिलेको हुनु ।
तीज, तिमी भदौरे घाम नहुनु पोल्ने
थेग्न सक्ने मात्रै हुनु,
घामै हुनेभए पुषको घाम हुनु,
तिमी आँगनीमा नाच्नु र दरमा पाक्नु
सँधै रमाउन सक्नु र बचाउन सक्नु ।
पुरुषको एकैवसाईको चिया खर्च त होनी
भनेर तिमी कहिलै उत्ताउली नहुनु,
सबै क्षेत्रमा तिनीहरु कसरी मालिक भए
पर्गेल्न सक्ने हुनु,
नारी जातिलाई किन पुरुषले अनुगामिनी बनाईरहे
पत्तो पाउन सक्नेहुनु,
किन रातो र राम्रीमा फुर्क्याईरहे
थाहपाउने हुनु ।
तिमी त श्रृष्टिकालदेखी जननीको भागमा परेकीछौ
जननी जस्तै शान्त सव्य र भव्य हुनु,
उहिल्यैदेखि नारीलाई खुशी दिन सकेकी छौ
अनन्तकाल सम्म गौरव दिनेहुनु,
तिज तिमी छमछमी नाच्नु, दरमा पाक्नु
सबै सँग हाँस्नु र सँधैभरी बाँच्नु ।
तिज, तिमी सँधैभरी हुनु…
(लेखक नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।)