बैशाख २६, २०८१ बुधबार

अन्तरपालिका वक्तृत्वकलामा कचनकवलकी राजवंशी प्रथम

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा भएको अन्तर पालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् ।

५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजजनामा भएको ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ विषयक अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकास्थित कचनकवल विद्या मन्दिरमा अध्ययरत छात्रा खन्जना राजवंशी प्रथम भएकी हुन् ।

त्यस्तै प्रतियोगितामा गौरादह नगर नगरपालिकाको जनता माविमा अध्ययरत छात्रा लीला खत्रीले द्वितीय स्थान हासिल गरेकी शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।

प्रतियोगिताको तृतीय स्थानमा बुद्धशान्ति गाउँपालिकाकी जेइविएसमा अध्ययरत छात्रा जिज्ञासा श्रेष्ठ र सान्तवना स्थान दमक नगरपालिकाकी प्राप्ति काफ्ले र हल्दिबारी गाउँपालिकाका विशाल वनले प्राप्त गरेका थिए । उनीहरुले क्रमशः नगद १० हजार, ८ हजार, ६ हजार र सान्तवना ३-३ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

विजेतालाई र प्रत्योगीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्याब्सन अध्यक्ष राम सुहाङ्गलगायत अतिथिहरुले प्रमाण–पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा ११ पालिकाका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम जिल्ला बाल सञ्जाल झापाको आायोजना तथा शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा भएको थियो ।

प्रकाशित मिति : आश्विन १, २०८० सोमबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]