बैशाख २३, २०८१ आईतबार

काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गरेका तीन बालकको उद्धार

झापा । झापाको काँकडभिट्टा नाकाबाट तीन नेपाली बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ ।

उद्धार गरिएका बालकहरू मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए ।

बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले तत्काल भारतीय एसएसबीसँग समन्वय गरेका थिए ।

एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राती साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको डीएसपी कटुवालले बताए । त्यसपछि बालकहरूलाई आआफ्नो अभिभावकको जिम्मा लगाउन भनी विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : आश्विन २, २०८० मंगलबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]