जेष्ठ ८, २०८१ मंगलबार

इलाम पुगेर सुहाङले भने – बुबाका अधुरा सपना पुरा गर्न हातेमालो गर्छु

इलाम – नेकपा एमालेका दिंवगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि बुबाका अधुरा सपना पुरा गर्न लागि पर्ने बताउनुभएको छ ।

नेकपा एमाले इलामले आज आयोजना गरेको श्रद्धान्जलीसभामा बोल्दै नेम्वाङले बुबा सधैं लोकतन्त्र र बहुदलीय प्रतिष्पर्धाका हिमायती भएको बताउनुभएको छ । आफू राजनीतिक परिवारमा जन्मे हुर्केकै कारणले राजनीतिमा अवसर पाउनु पर्ने नठान्ने तर बुबाको सपना पुरा गर्न सामाजिक तथा कानुनी क्षेत्रबाट अघि बढीरहने प्रतिवद्धता जनाउनुभयो ।
नेम्वाङले दैव छन् कि छैनन् आफूलाई थाहा नभएको तर यदी दैवको अस्तित्व रहेको भए उनले आफ्ना बुबालाई अन्याय गरेको बताउनुभयो । नेम्वाङले आफ्ना बुबा सधैं लोकतन्त्र बलियोहास,संविधान र कानुनको राज होस भनेर दौडधुप गर्ने नेता भएको स्मरण गर्नुभएको छ ।

बुबाको मृत्यूपछि अस्पताल देखि आर्यघाटसम्म नेकपा एमालेले गरेको व्यवस्थापनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ । यसैगरी राजकीय सम्मान दिएकोमा सरकारलाई पनि उहाँले धन्यवाद दिनुभएको छ ।

एमालेले आज सातै प्रदेशमा संविधान र सुवास भन्ने कार्यक्रम आयोजना गरेर श्रद्धान्जली सभा गरिरहेको छ । कोशी प्रदेशको श्रद्धान्जलीसभा इलाममा आयोजना गरिएको हो ।

प्रकाशित मिति : आश्विन २, २०८० मंगलबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]