बैशाख २५, २०८१ मंगलबार

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भएको छ । आज सिंहदरबारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनरत शिक्षकबीच वार्ता भएको हो । संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको शिक्षकहरू सडकमा उत्रिएका छन् ।

शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका विद्यार्थीहरूको पठनपाठन बन्द भएको छ । आज भएको गृहमन्त्री श्रेष्ठसँग छलफल निष्कर्षविहीन भएको छ । वार्तामा शिक्षामन्त्री अशोक राई पनि उपस्थित हुनुहुन्थ्यो ।
कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । आज आन्दोलन बानेश्वरबाट माइतीघरसम्म हुने बताइएको छ ।

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]