जेष्ठ ८, २०८१ मंगलबार

सुरक्षित भवन निर्माणका लागि बिर्तामोडका डकर्मीलाई तालिम

झापा । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले स्वदेश तथा विदेशका लागि सीप अपरिहार्य रहेको बताउनु भयो । कामको महत्व नबुझेर देशपछि परेको गुनासो गर्दै उहाँले महत्व दिएर सिक्न सहभागी सबैलाई आग्रह गर्नु भयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले घर निर्माणमा काम गर्ने कामदारहरु तालिम प्राप्त हुनुपर्ने धारणा राख्नु भयो । उहाँले सीप सिकेपछि जिम्मेवारी लिएका विषयमासमेत सुक्ष्म तरिकाले हेर्न आग्रह गर्नभयो । कार्यक्रममा नगरका प्रवक्ता तथा वडा नम्बर १का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले सहभागीहरुलाई समयलाई ख्याल गर्दै अनुशासनमा बसेर तालिम लिन आग्रह गर्नुभयो ।

तालिममा विशेषगरि भवन आचारसंहिताको विषयमा प्रशिक्षण प्रदान गरिने छ। ईन्क्लुसिभ कन्ट्रक्सन र ट्र्यास जेभीले वडा नम्बर १ को सभाहलमा तालिम प्रदान गर्ने कार्यक्रम संयोजक तथा प्रशिक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

आजदेखि ६ दिन सन्चालन हुने तालिममा नगरका २० जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नम्बर १ का सदस्य योगचन्द्र आङबोहाङ्ग, रोजगार संयोजक होमनाथ भट्टराई र प्राविधिक सहायक लोचन संग्रौलाको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]