बैशाख १७, २०८१ सोमबार

शिक्षकको आन्दोलनमा शिवसताक्षी नगरपालिकाको ऐक्यवद्धता

शिवसताक्षी । देशव्यापापी रुपमा शिक्षकहरुले शिक्षा विद्येयक २०८० विरुद्ध आन्दोलन गरिरहेका बेला शिवसताक्षी नगरपालिकाका शिक्षकहरु समेत आन्दोलित भएका छन् ।

आज शिवसताक्षी नगरपालिका कार्यालयमा शिक्षकहरुले शिक्षा विद्येक विरुद्ध कोण सभा गरेर विरोध जनाएका हुन् । देशभरका शिक्षकहरु शिक्षा विद्येक विरुद्ध आन्दोलनका लागि काठमाण्डौ केन्द्रित भएका बेला शिवसताक्षी नगरपालिका क्षेत्रमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरु नगरपालिका कार्यालयमा गएर विरोध जनाएका हुन ।

विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आज झापाका स्थानीय तहहरूमा शिक्षकहरूले धर्ना दिएका छन् ।
शिक्षक महासंघले गत शुक्रबार पत्रकार सम्मेलन गरी २० बुँदे माग राख्दै प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

यता, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिक्षा विद्येयक विरुद्ध भएको आन्दोलनलाई समर्थन गरेका छन् । उनका अनुसार गाउँपालिका महासंघ र नगरपालिका महासंघले पनि शिक्षा विद्येयक विरुद्ध सबै एक जुट भएर लाग्न परिपत्र गरेको छ ।

सरकारले शिक्षकहरुलाई अन्याय हुने विद्येयकका विरुद्ध हामी स्थानीय तहरुले समर्थन गरेर जाने उनले बताए । समाजको ऐनाको रुपमा हेरिने शिक्षकहरु माथि अन्याय भए शिक्षाको गुणस्तर विद्यालयमा पूर्ण असर पर्छ । उनले भने, संघीय सरकारले शिक्षा विद्येयक सच्याएर शिक्षकहरुका जायज माग पुरा गरेर अघि बढ्नु नै राम्रो हुन्छ ।

शिक्षक महासंघ शिवसताक्षीले यसअघि नै शिक्षा विद्येयक विरुद्ध शिवसताक्षी नगरपालिकामा ज्ञापन पत्र बुझाइएको शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनु कार्कीले जानकारी दिए । शिक्षा विद्येयक विरुद्ध आन्दोलनमा अन्य संघ संगठनहरुले समर्थन जनाउन थालेका छन् । शिवसताक्षी नगरपालिकामा एक शिक्षा विद्येयक विरुद्ध १ घण्टा कोण सभा गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

 

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  ४ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]