जेष्ठ ५, २०८१ शनिबार

शिक्षक आन्दोलनमा एमाले झापाको ऐक्यवद्धता

झापा । नेकपा एमाले झापाले देशभरका शिक्षकहरु विद्यालय पठनपाठन ठप्प पारी काठमाडौ केन्द्रित सडक आन्दोलनमा रहेको विषयले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले प्रेस विज्ञप्ति जारी गरी नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयहरुको पठनपाठन रोकेर शिक्षकहरु सडक आन्दोलनमा जानुपर्ने वातावरण तय गर्ने गठबन्धन सरकारप्रति खबरदारी पनि गरेका छन् ।

पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छः ‘विद्यालयलाई शान्ति क्षेत्रका रुपमा रुपान्तरण गरी सबै विद्यार्थीको पढ्न पाउने एवम् बाल अधिकारको सम्मान गर्नु आजको आवश्यकता हो । शिक्षक समुदायको आन्दोलन रहर नभई बाध्यताको उपज रहेको हाम्रो ठम्याई छ ।’

प्रेस विज्ञप्तिमा अगाडि भनिएको छः ‘तसर्थ शिक्षक एवम् विद्यालय कर्मचारीका न्यायोचित मागहरुलाई अविलम्ब वार्ता मार्फत सम्बोधन गर्दै समस्याको समाधान गरी शिक्षक एवम् विद्यालय कर्मचारीहरुलाई विद्यालयमा फर्केर उत्साह एवम् उमंगका साथ कार्य गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौ ।’

प्रकाशित मिति : आश्विन ५, २०८० शुक्रबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]