जेष्ठ २, २०८१ बुधबार

क्यान चुनावमा झापाको मताधिकार खारेज

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले झापा जिल्लाको मताधिकार खारेज गरेको छ । क्यानको शुक्रबार सुरु भएको साधारणसभाले एउटै जिल्लाबाट २ जना प्रतिनिधि आएपछि झापाको मताधिकार खारेज गरिएको हो ।

क्यानका अनुसार झापाबाट मनोज कटुवाल र लाक्पा लामा गरी दुई जना प्रतिनिधि साधारणसभामा सहभागी भएका थिए । क्यानको विधानअनुसार एक जिल्ला एक प्रतिनिधि र केन्द्रीय समिति गरी ८६ जना प्रतिनिधि हुन्छन् । झापाको मताधिकार खारेज भएसँगै शनिबार हुने निर्वाचनको लागि ८५ जनामात्रै मतदाता रहनेछन् ।

यस्तै साधारणसभामा क्यानको कार्य समिति बढाउने प्रस्ताव गरिएको छ । १७ सदस्यीय केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष र सहसचिव एकएक जना थपेर १९ पु¥याउन प्रस्ताव गरिएको छ ।

क्यानको भावी नेतृत्वका लागि शनिबार चुनाव हुँदैछ । अध्यक्षमा चतुरबहादुर चन्द फेरि दोहोरिने कसरतमा छन् । उनलाई बर्दियाका विनय राजभण्डारीले चुनौती दिने तयारी गरेका छन् ।

अहिलेसम्मको स्थितिमा चन्द निकै बलियो देखिन्छन् । नेपाली क्रिकेट राष्ट्रिय टीमका पूर्वकप्तान तथा बाग्मती प्रदेशका अध्यक्ष पारस खड्का र क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह समूहको समर्थन चन्दले हासिल गरेका छन् । उनले रोशनलाई उपाध्यक्षमा र पारसलाई सचिवमा समर्थन गर्नेछन् ।

यसैगरी चतुरको कोषाध्यक्ष उम्मेदवार पदम खड्का हुने भएका छन् । उनी क्यानका सुर्खेत अध्यक्ष हुन् । चतुरको प्यानलमा पदाधिकारीका आकांक्षी प्रशान्तविक्रम मल्ल भने अटाउन सकेनन् । उनले सचिवमा पारसविरुद्ध उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति : आश्विन ५, २०८० शुक्रबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]