श्रावण ६, २०८१ आईतबार

बिर्तामोडले फिर्ता पठायो हल्दिवारीको कमशल नमूना ईटा

बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा प्रयोग भएको कमसल इटा उद्योग मै फिर्ता पठाइएको छ ।

असोज ३ गते नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित जनप्रतिनिधि तथा कर्मचारीले गरेको अनुगमनमा ३ नम्बर ईटा प्रयोग भएको फेला परेको थियो । नगर प्रमुख प्रसाईले कमसल इटा प्रयोग गरि बनाईएको वाल तत्काल भत्काउन र ईटा फिर्ता पठाउन निर्देशन दिनुभएको थियो । सोही अनुरुप वाल त्यसै दिन भत्काई शनिबार, आइतबार गरि ७ ट्याक्टर ईटा नमुना ईटा उद्योग हल्दिबारी १ मा फिर्ता पठाईएको ठेकेदार कम्पनीका उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

कमसल ईटा प्रयोग भएको पाईएपछि वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाको नेतृत्वमा १५ सदस्यीय अनुगमन समिति निर्माण गरिएको छ । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरु रहेको यस समितिले कडाईको साथ विहान बेलुकी अनुगमन गरिरहेको वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले बताउनुभयो । ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित) को लागतमा शिवालय आर.एस जेभीले विल्डिङ्ग ठेका लिएर निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  १ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]