बैशाख २७, २०८२ शनिबार

मोरङका १० शिक्षकले त्यागे दलीय आवद्धता

काठमाडौं – मोरङको केराबारी गाउँपालिकाका १० जना शिक्षकहरुले राजनीतिक दलका कुनै पनि भातृ तथा शुभेच्छुक संस्था त्यागेको घोषणा गरेका छन्। उनीहरुले शिक्षकका कुनै पनि संगठनमा पनि आवद्ध नरहने घोषणा गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा भएको आन्दोलनका क्रममा सरकार र नेपाल शिक्षक महासंघबीचको सहमतिले शिक्षकहरुलाई धोका दिएको भन्दै उनीहरुले दलीय आस्थाबाटट फाइदा नहुने निष्कर्षसहित आवद्धता त्यागेका घोषणा गरेका हुन्।

गाउँपालिकाको आमजुंगी आवसीय विद्यालयका सबै शिक्षकहरुले विज्ञप्ति जारी गर्दै दल र शिक्षकका संगठनहरु गुलाम भएको भन्दै यस्ता संस्थामा बस्नुको औचित्य नरहेको घोषणा गरेका हुन्।

उनीहरुले दलीय आवद्धता त्याग गर्ने निर्णयसहित हाल आवद्ध र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाबाट राजीनामा घोषणा गरेका छन्।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  १२ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]