मंसिर १६, २०८० शनिबार

डाक्टरमाथि दुर्व्यवहार बन्द गरौँ : ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरु प्रतिको दुव्र्यवहार बन्द गर्न अनुरोध गरेका छन् । देशका विभिन्न ठाउँमा डाक्टरलाई हातपात र दुव्र्यवहार भएका समाचार आइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले डाक्टरहरुप्रति सम्मान र हार्दिकता विकास गर्न अनुरोध गरेका हुन् ।

ओलीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै डाक्टरको महत्व आफू स्वयंले पनि आफ्नो जीवनमा महसुस गरेको उल्लेख गरे । ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ । डाक्टरको महत्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु । आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुव्र्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु । मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुव्र्यवहार बन्द गरौं । सम्मान र हार्दिकता विकास गरौं ।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  ३ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]