जेष्ठ ४, २०८१ शुक्रबार

तिम्सिनाद्वारा नगर अस्पताललाई फलामको बेन्च सहयोग

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी श्रीप्रसाद तिम्सिनाले बिर्तामोड नगर अस्पताललाई फलामको बेन्च सहयोग गरेका छन् ।

तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसरमा चार वटा बेन्च प्रदान गरेका हुन् । उनले ४० हजार रुपैयाँ बराबार लागतमा निर्माण गरिएको बेन्च बुधबार नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई हस्तान्तरण गरेका छन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तिम्सिनाले नगर अस्पतालमा कार्यरत कर्मचारीले दिएको सेवाबाट सन्तुष्ट भएर बेन्च सहयोग गरेको बताएका छन् । सामाग्री ग्रहण गर्दै नगर उपप्रमुख संग्रौलाले जेष्ठ नागरिक, स्थानीय समाजसेवी तिम्सिना र उहांकी धर्मपत्नी टिकादेवी तिम्सिनालाई धन्यवाद दिदै सु–स्वास्थ्य र दिर्घायुको कामना गरेका थिए ।

फलामको बेन्च सहयोगले दैनिक सयौंको संख्यामा आउने बिरामीहरुलाई बस्नको लागि सहज भएको हुने छ । बेन्च हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरअस्पतालमा दैनिक बालरोज्ञ विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य बिमा लगायतका सेवा उपलब्ध छन् ।

प्रकाशित मिति : आश्विन ११, २०८० बिहीबार  २ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]