बैशाख २१, २०८१ शुक्रबार

पाँच महिना अघि कुवेत गएका खगेन्द्र बाकसमा फर्किए

बिर्तामोड । वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत गएका झापा कचनकवल गाउँपालिका–६ स्थित बनियानी निवासी खगेन्द्र राजवंशीको मृत्यु भएको छ ।

गत बुधबार ड्युटीमा खटिएकै बेला राजवंशीको मृत्यु भएको हो । रोजगारीका लागि उनी पाँच महिना अगाडि डेस्टिनी ह्युमन रिसोर्स म्यानपावर कम्पनीमार्फत इलेक्ट्रिसियनका रुपमा कुवेत गएका थिए । अल जजिरा कम्पनीमा कार्यरत रहेका खगेन्द्रको ड्युटीमा खटिएकै बेला मृत्यु भएको आफन्त योगेन्द्र राजवंशीले बताएका छन् ।

ड्युटीमा रहेको बेला पेट दुखेपछि अस्पताल लगिएको र एकछिनमै उनको मृत्यु भएको आफन्त राजवंशीको भनाइ छ । खगेन्द्रलाई जन्डिस रहेको बताइएको छ । उनको शव कुवेतबाट आफन्त योगेन्द्र राजवंशीले बुझेर घरमा ल्याई पु¥याएका छन् । खगेन्द्रका श्रीमती र दुई छोरा रहेका छन् ।

प्रकाशित मिति : आश्विन ११, २०८० बिहीबार  ३ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]