बैशाख २३, २०८१ आईतबार

युवा संघ मेचीनगरको प्रशिक्षण कार्यक्रम सम्पन्न

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ नेकपा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टको सभाहलमा आयोजित प्रशिक्षण कार्याक्रमको उद्घाटन् नेकपा एमाले केन्द्रिय सल्लाकार परिषद् सदस्य तथा बागमती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाईको गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि झापाका सचिवालय सदस्य तथा क्षेत्रिय संयोजक टिकाराम मग्रान्तीले सहभागिहरुलाई संगठन निर्माण, परिचालन तथा नेतृत्व विकाससंग सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा युवा संघ प्रदेश कमिटि सदस्य संगिता मेचे, जिल्ला कमिटि पूर्व सचिव सुमन थापा, जिल्ला सदस्य कृष्ण श्रेष्ठ, सञ्जय मेचे, गोपाल बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

संघका मेचीनगर अध्यक्ष सुनिल राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन राकेश खवासले गरेको थिए ।

प्रकाशित मिति : आश्विन ११, २०८० बिहीबार  ४ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]