बैशाख २३, २०८१ आईतबार

दमकमा एक युवाको हत्या

दमक । झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको दमकसँगै जोडिएको इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको बीभत्स हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार केही ब्याक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको पनि लामाले जनाएका छन् ।

प्रकाशित मिति : आश्विन १२, २०८० शुक्रबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]