बैशाख २४, २०८१ सोमबार

मुद्धा मिलाईदिन्छु भन्दै एक लाख लिने दमकका सिंह पक्राउ

बिर्तामोड । मुद्धा मिलाईदिन्छु भन्दै नगद १ लाख रुपैयाँ लिने व्यक्तिलाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दमक ५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिवनारायण सिंहलाई पक्राउ गरेको हो । सिंहले लागुऔषधको मुद्धा मिलाईदिने भन्दै नगद लिएको प्रहरीको भनाई छ ।

प्रहरीले गत असार २६ गते झापा दमक नगरपालिका वडा नं.२ स्थित तिलकराम खवासको कोठाबाट दिपक साह, रेशम गौतम र तिलकराम खवास समेतलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।

अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको अवस्थामा प्रतिवादी दिपक साहको आफन्तलाई मुद्धा मिलाई दिन्छु भन्दै नगद लिएको सूचनाका आधारमा प्रहरी आज सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार सिंहलाई नियन्त्रणमा लिई ठगी मुद्धामा अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]