बैशाख २४, २०८१ सोमबार

हावाहुरीले कचनकवलमा हजारौं कोलाका बोट नष्ट

भद्रपुर । झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिकामा किसानहरूले लगाएको करिब ८ हजार कोलाका बोट नष्ट भएको छ । आइतबार बिहान आएको हावाहुरीका कारण त्यहाँका २३ किसान परिवारले लगाएको ५० देखी ६० प्रतिशत कोलाका बोटहरू नष्ट भएको कचनकवल गाउँ कृषि शाखा प्रमुख संगम सापकोटाले जानकारी दिए ।

किसानले आउँदै गरेको चाडबाडलाई लक्षित गरेर लगाएको कोला पूर्ण रूपले क्षति भएको स्थलगत निरीक्षण क्रममा देखिएको उनको भनाई छ । कचनकवल गाउँपालिका ४ का मनोज कुमार गणेशका अनुसार बगानमा लगाइएको १५ सय कोलाका बोटहरू नष्ट हुँदा नोक्सानी भएको बताए । उनी जस्तै, सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश र सतलाल गणेश लगायत २३ किसान परिवारले सहकारी तथा बैङ्कको ऋणमा लगाएको कोला क्षति हुँदा घरको न घाटको भएको बताउँछन् ।

अहिलेको अवस्थामा उनीहरूको लागत खर्च मात्रै दुई सय पचास पुगिसकेको छ भने प्रति केराका घरी ४०० देखी ५०० सम्ममा बिक्री हुँदै आएको उनीहरूको भनाई छ । किसानहरूका अनुसार करिब ४० लाखको नोक्सानी भएको छ । उनीहरूले स्थानीय सरकार तथा केन्द्र सरकाबाट राहतको अपेक्षा समेत गरेका छन् । कृषकहरूलाई कृषि बीमा सम्बन्धी जानकारी नहुँदा ठुलो नोक्सानी बेहोर्नु परेको छ ।

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]