मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । दिउँसो विश्वासको मत लिनेगरी प्रदेशसभाको बैठक आह्वन गरिएको छ ।
संविधानको धारा १६८ को ३ अन्तरगतको व्यवस्था अनुरुप संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । प्रदेशसभामा एमाले र राप्रपाको गठबन्धन छ । तर, यो सरकारमा भने राप्रपा सहभागी थिएन् । राप्रपाले एमालेले थप दुई जना प्रदेशसभा सदस्य व्यवस्था गरे विश्वासको मत दिने बताउँदै आएको छ । अहिले उपसभामुखबाहेक एमाले र राप्रपा जोड्दा ४५ सिट मात्र पुग्छ । बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।
मुख्यमन्त्री कार्की आफ्नो बहुमत सिद्ध गर्नका लागि विभिन्न कोणबाट सांसदहरुसँग कुराकानी अगाडि बढाइरहेका सा्रेतले बताएको छ । तर, राजनीतिक सहमति गरेर प्रदेशमा भएका कांग्रेस गठबन्धनका कुनै पनि दलले समर्थन गर्ने बताएका छैनन् । विश्वासको मत नपुगेको खण्डमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभाका सदस्यमध्ये जसले ४७ पुर्याएर दाबी पेस गर्छ उही नै मुख्यमन्त्री हुनेछ ।