जेष्ठ ४, २०८१ शुक्रबार

डेंगुबाट जोगाउन युवा संघले बिर्तामोडमा बाँढ्यो झुल

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड ४ नम्बर वडा कमिटीले गरिव, विपन्न परिवारलाई झुल वितरण गरेको छ । आज विहान एक कार्यक्रमको आयोजना गर्दै युवा संघले झुल वितरण गरेको हो ।

बिर्तामोड वडा नं.–४ सुन्दर सामुदायिक टोल बिकास संस्थाको प्रगतिनगर क्षेत्रमा रहेको सुकुम्बासी बस्तिमा बसोबास गर्ने गरिब, विपन्न परिवारलाई झल वितरण गरिएको युवा संघका वडा अध्यक्ष नारायण मुखियाले जानकारी दिए । उनका अनुसार बढ्दो डेंगु संक्रमणको जोमिखबाट समुदायको सुरक्षाको लागि झुल वितरण गरिएको हो ।

सोही अवसरमा उक्त अभियानलाई नेपाल तामाङ घेदुङ बिर्तामोड कोषाध्यक्ष समिक्षा तामाङले १० थान झुल आयोजक कमिटीलाई हस्तान्तरण गरेकी थिइन् ।

युवा संघका केन्द्रीय सदस्य खगेन्द्रराज आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले झापाका सचिवालय सदस्य तथा नगर इन्चार्ज देवराज कार्की र बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई लगायतले झुल वितरण गरेका थिए ।

युवा संघले वृक्षरोपण, सरसफाई अभियान, रक्तदान जस्ता उदारहणीय काम गर्दै सामाजिक उत्तरदायित्व पुरा गरिरहेको पार्टीका नगर अध्यक्ष भट्टराईले बताएका थिए । उनले युवाहरु सक्रिय राजनीतिसँगै सामाजिक काममा सक्रिय हुनुपर्ने उनको भनाई थियो । यस्तै, नगर इञ्चार्ज कार्कीले बिर्तामोडमा युवा संघको सक्रियताको खुलेर प्रशंसा गरेका छन् । कांग्रेसका युवाहरु गुण्डाको संरक्षणमा लागिरहेको बेला एमालेका युवाहरु सामाजिक क्षेत्रमा सेवा पुर्याइरहेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

राष्ट्रिय युवा संघ बिर्तामोड ४ का अध्यक्ष नारायण मुखियाको अध्यक्षतामा mसम्पन्न कार्यक्रममा संघका नगर अध्यक्ष, सचिव,जननिर्वाचित वडा अध्यक्ष, सदस्य, वडा कमिटीका अध्यक्ष साथै विभिन्न संघसंगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

झुल वितरण कार्यक्रमको सञ्चालन गणेश तामाङले गरेका थिए ।

प्रकाशित मिति : आश्विन २०, २०८० शनिबार  १२ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]