जेष्ठ ८, २०८१ मंगलबार

अवैध सामान भन्सार बुझाउने तयारी, माछा नष्ट

बिर्तामोड । झापा जिल्ला प्रहरीले विभिन्न स्थानबाट अवैध सामान बरामत गरेको छ । उक्त अवैध सामान भन्सार बुझाउने तयारी भएको झापा प्रहरीले जनाएको छ ।

आइतवार झापा गाउँपालिका ५ राजवंशी टोलबाट बरामत गरेको अवैध सामान भन्सारलाई बुझाउने तयारी भएको छ भने माछा नष्ट गरिएको झापा प्रहरीले जनाएको छ ।

शरणामतीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ४० केजी चिनि, ८ लिटर खाने तेल र २५ केजि माछा समेत गरी १० हजार ९ सय ५० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको थियो । चिनी र खाने तेल आवश्यक कार्वाहीको लागि भन्सार बुझाउने तयारी गरिएको छ भने अवैध माछा नष्ट गरिएको ।

यस्तै, शनिवारका दिन ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको २५ हजार बढिको किराना प्रकृतिका सरसामानहरु बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार बुझाउन लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]